काठमाडौं । नेपाल फाइनान्सले वार्षिक साधारण्मा सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो वैशाख ३ गते २९औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यस पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव रहेको छ ।
यस्तै, सभामा संस्थापकतर्फबाट चार जना र सर्वसाधारण तर्फबाट एक जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम पनि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ
वि.सं.२०७८ चैत १० बिहीवार १०:५५ मा प्रकाशित