back
NMB ad

मुस्ताङमा ‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने

Kumari bank ad

काठमाडौं । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो ।

पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत, बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश : रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश : रु एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता दुई हजार ७०० मिटरदेखि तीन हजार २०० मिटर उचाईसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ । एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो । सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना गर्दैआएको छ ।

नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने र नेपाली खेलाडीको सहासिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । सेनाले यसअघि विसं २०७४ र २०७५ मा राष्ट्रियस्तरमा एड्भेञ्चर स्पोर्टस् सञ्चालन गरेको थियो ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...