back
NMB ad

जीवन विकास लघुवित्तसहित तीन कम्पनीको साधारण र विशेष सभा आज, यस्ता छन् मुख्य एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । आज अर्थात चैत २४ गते शुक्रबार तीन कम्पनीको साधारण सभा हुँदैछ ।

उक्त दिन जीवन विकास लघुवित्त वित्तीय संस्था, नेपाल आयल निगमले साधारण सभा बोलाएको छ । भने मुक्तिनाथ क्यापिटलले विशेष साधारण सभा बोलाएको हो ।

आज हुने जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र करसहित ३.प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले अन्य कुनै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभाको अन्य प्रस्तावमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको छ ।

यस्तै, नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा पनि आज हुँदैछ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको सभाकक्ष टेकु, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवम् खर्च अनुमोदन गर्नेछ ।

यसका साथै आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरि मुक्तिनाथ क्यापिटलले पनि आज विशेष साधारण सभा गर्ने भएको हो । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजा, कमलादीमा साढे १२ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रवन्धपत्रमा प्रस्तावित संशोधनको नियमनकारी निकायबाट थपघट गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार ०८:०५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...