काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा बढोत्तरी भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने ९९ हजार रुपैयाँ कारोबार भएको थियो ।
उक्त दिन तेजावी सुनको मूल्य भने ९९ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुन बिहीबार भने ९८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार ३५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १०:५७ मा प्रकाशित