काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात जेठ १ गते ९६ हजारु ५ सय रुपैयाँ कारोबार भएको सुन आज बढेको हो ।
योसंगै ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, सातको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन भने १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ जेठ ३ मंगलवार १०:५६ मा प्रकाशित