back
NMB ad

डेमो डे मा सहजको इन्क्युबेसन कार्यक्रमबाट छनौट भए ८ कृषि व्यवसाय

Kumari bank ad

काठमाडौं । सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी दोस्रो चरणको कार्यक्रम ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ ओटा कृषि व्यवसायमा आधारित आईडिया छनौटमा भएका थिए।

एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम एउटा यस्तो प्लेटफर्म हो जसले प्रदेश १ का कृषि उद्यमीहिरुमा उद्यमशिलताका सिप र सोचाईहरुको विकास गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रम मार्फत छनौट भएका ८ आईडियाहरुले व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्रि विजनेस सम्बन्धि विज्ञहरुको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरुको अवसर पाएका थिए र कार्यक्रमको अन्तिम चरणको रुपमा बिराटनगरमा डेमो डे यही जेष्ठ ९ गते आयोजित गरिएको थियो ।

उक्त “डेमो डे” मा कृषि मन्त्रालयका प्रदेश मन्त्रि झलक बहादुर मगर, कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग एसडीसीका आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज ( नेपाल कृषि बजार विकास कार्यक्रम दोश्रो चरणको टिम लिडर रिक भेन डर क्याम्प, मोरंग व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्वान्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजु कुमार थपलिया, आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा गरि विभिन्न प्राज्ञिक व्यक्तित्व, मिडियाकर्मी तथा उद्यमशिलताको क्षेत्रमा काम गरिरहेको विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।

डेमो डे मा छनौट भएको ८ कृषि व्यवसाय( शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रितिरिवाज आइसक्रिम, कुमारी फूड्स , ग्रीन प्लानेट मिसन, पाकशाला , किसानपिडिया हरुले आफ्नो व्यवसाय विचारहरु प्रस्तुत गरनुको साथै आफुले बनाएका समानहरु पनि उपस्थित व्यक्तित्वहरुको बीच प्रदर्शन गरे।

यसरी एग्रि विजनेस इन्क्युबेसन प्रोग्राममार्फत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति बनाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडी बढेका छन् ।

विकास तथा सहकार्यका लागि सहजद्वारा सुरु गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सुरु भएको यस कार्यक्रम आफैमा पृथक कार्यक्रम हो । यस कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशिलताको सिप र सोचाईको विकास गर्दै स्थानीय संघसंस्थाहरुको उद्यमशिलताको क्षमतालाई समेत बढाउने उदेश्य लिएको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १४:५४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...