काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात मंगलबार ९८ हजार रुपैयाँ कारोबार भएको सुन आज घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन मंगलबार भने ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार ११:१५ मा प्रकाशित