काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।
शुक्रबार कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले ३० प्रतिशत हकप्रद बापतको उक्त सेयर सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितगा्रही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:५० मा प्रकाशित