काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
आइतबार नेपाली बजारमा ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी तोलामा १ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७९ जेठ ३० सोमवार १०:५४ मा प्रकाशित