काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई बैंकको सेयर कारोबार आजदेखि रोक्का गरेको छ । नेप्सेले नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल मेगा बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले दुई कम्पनीको सेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।
वि.सं.२०७९ जेठ ३० सोमवार १२:३६ मा प्रकाशित