काठमाडौं । नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
वि.सं.२०७९ असार ६ सोमवार १२:३५ मा प्रकाशित