काठमाडौं । बुधवार दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन ग्लोबल आईएमई समुन्नत स्किम १ र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्क सर्किट लागेको हो ।
उक्त दिन ग्लोबल आइएमई समुन्नतको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिइकाई ८९ पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
यस्तै, आँधीखोला लुघवित्तको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९ रुपैयाँ ४० पैसाले वृद्धि भई ८७३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १५:२८ मा प्रकाशित