back
NMB ad

विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Kumari bank ad

काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादवले देशका ग्रामीण भेगसम्म बीमा सम्बन्धी चेतना नपुगेको अहिलेको अवस्थामा बीमा शिक्षालाई व्यापकता दिनका लागि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विस्तृतरुपमा नभए पनि संक्षिप्तरुपमा बीमा विषय समावेश गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले बीमा जोखिम व्यवस्थापन विज्ञान समेत भएकाले विश्वविद्यालयका पाठ्यक्रमको परिमार्जनका क्रममा बीमा विषय समावेश गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि लेखराज खनालले बीमालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र बीमा पुस्तक विकास गर्नका लागि बीमा समितिसँग सहकार्य गरेर अघि बढ्न केन्द्र तयार रहेको बताउनुभयो ।

बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मीले बीमा शिक्षालाई व्यापकता दिनका लागि पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक केशवप्रसाद दाहालले बीमा क्षेत्रको वर्तमान अवस्था र पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी प्रस्तूती गर्नुभएको थियो भने बीमा समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बीमा समितिका सहायक निर्देशक राम कोजुले संचालन गर्नुभएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय र साझा प्रकाशनका प्रतिनिधि, विभिन्न शैक्षिक प्रतिष्ठानमा बीमा विषयमा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ असार १५ बुधवार १८:३० मा प्रकाशित

You can share this post!

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...