काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल केएस डिजी वर्ड सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मङ्गलबारका दिन केएस डिजी वर्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
केएस डिजी वर्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।
साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।
वि.सं.२०७९ असार २३ बिहीवार १३:३४ मा प्रकाशित