back
NMB ad

नबिल र बंगलादेश बैंकको बैंकिङ कारोवार बन्द हुने

Kumari bank ad

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबार सुरु गर्नुअघि बैंकिङ कारोबार बन्द हुने भएको छ।

नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो ।

दुवै बैंकको सबै तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नुपर्ने भएकाले असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि २७ गते सोमबार बिहान कार्यालय समय अघिसम्म बैंकिङ सेवा बन्द रहने नबिल बैंकले जनाएको छ।

शनिबार सार्वजनिक बिदाको दिन संचालन हुने सम्पूर्ण काउन्टर (३६५ दिन बैंकिङ) पनि बन्द रहने छ। तर, उक्त अवधिमा नबिल बैंकको क्रेडिङ / प्रिपेड कार्ड भने संचालनमा रहने बैंकले जनाएको छ। बंगलादेश बैंकको क्रेडिट कार्ड पनि चल्ने बताइएको छ।

यस्तै, साविक बंगलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गरिने जानकारी पनि नबिल बैंकले जनाएको छ।

बंगलादेश बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डहरु असार २७ गते बिहान कार्यालय समय पछि संचालनमा आउनेछ।

बंगलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गरी नयाँ कार्ड उपलब्ध गराउने तयारी नबिल बैंकको छ।

वि.सं.२०७९ असार २३ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...