काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) सरोज घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको असार ३० गते बसेको ४५ औ बैठकले का.मु प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
संचालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका नियुक्त गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असार ३१ शुक्रवार १२:२७ मा प्रकाशित