काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्य फेरि वृद्धि भएको छ । सोमबार कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँ ९० पैसाले बढेर १ हजार ८३ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ५ लाख ९४० कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १५:३१ मा प्रकाशित