back
NMB ad

४८.४५ प्रतिशतले बढ्यो आरएसडीसी लघुवित्तको नाफा, यस्तो छ वित्तीय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिंक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले १३ करोड ५२ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ४८.४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यो नाफा ९ करोड १० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा वृद्धिभएसंगै खुद नाफा बढ्न टेवा पुगेको हो । गत आवको असार मसान्तसम्ममा कम्पनीले २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनमा भने ४६.३६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले १६ करोड २७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आवको चौथो त्रैमासमा कम्पनीको संचालन मुनाफा पनि ४९.६५ प्रतिशतले बढेर १९० करोड ३१ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा भने १० करोड ५८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ३ लाख ७३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्षको असार मसान्त १२ रुपैयाा ४४ पैसा रहेको यो आम्दानी गत वर्षको सोही अवधिमा आईपुग्दा भ ने बढेर १६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

कम्पनीको प्रतिसेयर नेवटर्थ पनि ५ रुपैयाँ ४ पैसाले वृद्धि भई १२६ रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएर ०.४९ प्रतिशतमा झारेको छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १०:२५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...