काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ साउन ३ मंगलवार १०:५१ मा प्रकाशित