काठमाडौं । बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ । मंगलबार भने चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ साउन ४ बुधवार ११:१४ मा प्रकाशित