काठमाडौं । विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला पाँच इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म आइएमई इन्स्योरेन्स र प्रडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता क्रमशः ४१ रुपैयाँ ५० पैसा र ३९ रुपैयाँले वृद्धि भएको हो ।
यस्तै, यति बेला युनाईटेड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४३४ रुपैयाँ ३० पैसा कायम भएको छ ।
त्यसैगरि यो समाचार तयार गर्ने बेलसम्म एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ८.३० प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १२:२८ मा प्रकाशित