काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अनुमति दिएको छ ।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन बोर्डबाट अनुमति पाएको हो ।
आईपीओ निष्काशनका लागि बोर्डले साउन १८ गते अनुमति दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार १२:१९ मा प्रकाशित