back
NMB ad

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

Kumari bank ad

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओमा सवा ४ लाख बढीले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा ४ लाख १६ हजार १२९ जनाले आवेदन दिएका हुन् । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा १४ गुणाले बढी हो ।

कम्पनीले मंगलबारदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...