back
NMB ad

जीवन बीमा कम्पनीको वित्तीय रिर्पोट : अधिकांशको नाफा घट्दा २ कम्पनी नोक्सानीमा, कुनको अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । जीवन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

संचालनमा रहेका मध्ये हालसम्म ७ वटा जीवन बीमा कम्पनीहरुले चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

सोमबारसम्म नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्रभु लाइफ, प्राइम लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले गत आवमो चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

यी मध्ये अधिकांशको नाफा गिरावट देखिएको छ भने केहीले नोक्सानी समेत व्यहोरेका छन् । गत आवमा सानिमा लाइफ इन्स्योरेन्सले मात्रै ५४.८१ प्रतिशतले नाफा बढाएको छ ।

गत आवमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) नोक्सानीमा रहेको छ ।
यस्तै, अघिल्लो आवको तुलनामा सूर्या लाइफ, एशियन लाइफ, प्रभु लाइफ, प्राइम लाइफको नाफामा भने गिरावट देखिएको छ ।

अब हेरौं कुनको वित्तीय अवस्था कस्तो छ…

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड बढी नोक्सानीमा रहेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा कम्पनी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवमा ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ नाफा गरेको कम्पनी गत आवमा भने ऋणात्मक देखिएको हो । गत आवमा कम्पनीको खर्च वृद्धि भई आम्दानीमा गिरावट आएका कारण नोक्सानीमा गएको हो ।

अघिल्लो आवमा कम्पनीको ९२ करोड ९६ लाख ३ हजार रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष भने १५.८९ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको आम्दानी ७८ करोड १८ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आजर्न रकम ३५ अर्ब ४४ करोड ४९ लाख ३१ हजार रुपैयाँ कायम पुगेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ३२ अर्ब ३६ करोड ९७ लाख ५६ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनी गत आवमा १३ अर्ब ३२ करोड ७१ लाख ९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड ५२ लाख ६० हजार रुपैयाँ देखिएको छ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ८३ लाख ७० हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक देखिएको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १७३ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले करिब साढे १३ करोड खुद नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.७४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले २० करोड ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने १९.३७ प्रतिशतले वृद्धि भई ५ अर्ब ५ करोड ३९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ४ अर्ब २३ करोड ३३ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ६६ करोड ५६ लाख २ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले जीवन बीमा कोषमा १४ अर्ब ९४ लाख ४५ हजार रुपैयाँ, महा विपत्ति जगेडामा भने १६ करोड ७ लाख १९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले गत आवमा १ अर्ब २३ करोड ९५ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने ६७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा १६ करोड ९४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३३.३८ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले २५ करोड ४३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १७.७४ प्रतिशतले वृद्धि भई ६ अर्ब ९६ करोड ६८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम ४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ५ करोड ८६ लाख २५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ५८ करोड ३६ लाख ५८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३७ पैसा रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले साढे ८ करोड बढी नोक्सानी व्योहोरेको छ ।

गत आवमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा देखिएको हो । अघिल्लो आवको चौंथो त्रैमासमा भने कम्पनीले १९ करोड ९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १८ अर्ब २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले ९ करोड १२ लाख ३४ लाख ६५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ३३ करोड ५४ लाख ३ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ६१ करोड ५५ लाख १८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा ५७.४२ प्रतिशतको गिरावट आएको छ ।

अघिल्लो आवमा १७ करोड ६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा भने ७ करोड २६ लाख ३८ हाजर रुपैयाँमा सिमित भएको छ ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम २ अर्ब ३९ करोड २९ लाख ७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमशुल्क आर्जन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ६४.३० प्रतिशतले बढी हो ।

गत आवमा कम्पनीले ४४ करोड ७९ लाख ८६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने १ करोड ६२ लाख ८५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४२ करोड ९६ लाख १३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा एक वर्षमा ८ करोड ८१ लाख बढीले घटेको छ ।गत आर्थिक वर्षमा कम्पनीले २२ करोड ८८ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा २८.६० प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने १६.१४ प्रतिशतले वृद्धि भई ४ अर्ब ६९ करोड ६३ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवमा १ अर्ब ४१ करोड ४५ लाख ३६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम भने १ करोड ४६ लाख २१ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६४ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५३ करोड २९ लाख ७८ हजार रुपैयाँ राखेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स

गत आवमा सानिमा लाइफ इन्स्योरेन्सको नाफा ५४.८१ प्रतिशतले वृद्धि भई १५ करोड ९१ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले अघिल्लो आवको चौंथो त्रैमासमा भने १० करोड २७ लाख ७६ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा कम्पनीले २ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क अर्जान गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २०.६८ प्रतिशतले बढी हो ।

गत आवमा कम्पनीले ४३ करोड ८३ लाख ९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने छैन ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३९ करोड १८ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...