काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश अब बीमा समितिको स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७९ साउन ३१ मंगलवार ११:३४ मा प्रकाशित