काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात सोमबार ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन महिनाको अन्तिम काराबोर दिनका लागि तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन ३१ मंगलवार ११:२२ मा प्रकाशित