back
NMB ad

अब्बल कहलिएका दुई विकास बैंकले कति देलान् त लाभांश ? यस्तो छ ५ वर्षे इतिहास ! (तथ्याङ्कसहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार गत आवमा बैंकहरुले ६ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा सबै राष्ट्रिय स्तरका विकास बैंकले नाफामा सुधार गरेका छन् ।

गत आवमा दुई विकास बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । उक्त अवधिमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले अर्ब बढी नाफा कमाएका हुन् ।

आज हामीले गत आवमा १ अर्ब बढी नाफा कमाए अर्थात अब्बल कहलिएका यी दुई बैंकको वित्तीय प्रगति र लाभांश क्षमता र लाभांश इतिहासको बारेका केही चर्चा गरेका छौं ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले गत आवमा १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा पनि १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ देखिएको छ । गत आवमा बैंकले आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १४.४२ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी झिनो वृद्धि भर्ई २४ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा कायम भएको छ ।

यस्तो बैंकको पाँच वर्षे लाभांश इतिहास

गरिमा विकास बैंक

गरिमा विकास बैंकले गत आवमा १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ८३ करोड६३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि ३१.६६ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको संचालन नाफा १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आवमा बैंकको लाभांश क्षमता भने १६.३८ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब २८ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

यस्तो छ बैंकको पाँच वर्षे लाभांश इतिहास

वि.सं.२०७९ भदौ ३ शुक्रवार १५:३९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...