काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम मिति नजिकिएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल गरेको आईपीओमा अब आइतबार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको हो ।
कुल सेयरमध्ये ४९ हजार ३४८ कित्ता कर्मचारीहरुका लागि, १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणका छुट्याएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार १६:११ मा प्रकाशित