काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित समेत गरेको छ ।
यसका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार १६:५५ मा प्रकाशित