काठमाडौं। आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः सुनिल पन्त नै नियुक्ति हुनुभएको छ ।
कम्पनीको भदौ २ गते बसेको ३००औं बैठकले पन्तलाई दोस्रो कार्यकालका लागि सिईओमा नियुक्ति गरेको हो ।
पन्तको कार्यकाल असोज २४ गते सकिने हुँदा आँउदो असोज २५ गतेबाट लागू हुनेगरि पुनः सिईओमा नियुक्ति गरेको हो ।
वि.सं.२०७९ भदौ ५ आइतवार ११:१४ मा प्रकाशित