back
NMB ad

२ सय सिसि क्षमताको एरोमा डर्ट बाईक सार्वजनिक गर्दै आरोग्य मोटर्स, यस्ता छन् फिचर

Kumari bank ad

काठमाडौं । विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्रि तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको आरोग्य मोटर्सले निकट भविष्यमा २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा उतार्न गइरहेको जानकारी गराएको छ ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा कम्पनीले दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम रहेको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ ।

एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।

पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् ।
हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।

एरोमा बाईकलाई यसै बर्षको भदौ मसान्त भित्रबाट नै बिक्रिको लागि बजारमा ल्याउने प्रयास रहेको छ । त्यसका लागि हाल कम्पनीसँग जोडिएका डिलर नेटवर्क र  शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइनेछ ।

हालसम्म दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा  डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ ।

निकट भविष्यमा काठमाडौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।

देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत जोडिनका लागि आव्हान कम्पनीले गरेको छ ।

वि.सं.२०७९ भदौ १२ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...