back
NMB ad

अध्यक्ष तिमिल्सिना र सिपिपिसिसीका अध्यक्षबीच भर्चुअल वार्ता

Kumari bank ad

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ्ग याङ्ग बीच भर्चुअल माध्ययमबाट वार्ता भएको छ।

चिनिँया कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल व्यूरोका स्थायी कमिटी सदस्य समेत रहनुभएका याङ्गबीच शुक्रबार भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले आगामी १६ अक्टोवरमा हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसले आगामी पाँच वर्षका लक्ष्य एवं कार्यदिशा तय गर्ने भएकोले नेपाल र नेपाली जनताको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सम्पूर्ण चिनिँया जनताको लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो। सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गर्नुभयो।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आजको भर्चुअल बैठकले थप मजबुद बनाउने विश्वास लिएको बताउनुभयो।
कोरोना महामारी र बाढी पहिरोका कारणले नेपाल र चीनको व्यापारमा अबरोध भएको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले तातोपानी र रसुवागढी लगायतका नाकाहरु नियमित सञ्चानल हुने विश्वास व्यक्त गर्नुभयो।

‘कोरोना महामारीका कारण रोकिएको हवाइ सेवा छिट्टै नियमित र सहज हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘नेपालमा मुख्य चार्डपर्वहरू आइरहेका छन्। यी चार्डपर्वमा चीनमा उत्पादित सामानहरू बढी प्रयोग हुने भएकाले पनि छिट्टो नाकाहरू सञ्चालनका लागिमा सहजिकरणका लागि महामहिममार्फत चिनियाँ सरकारलाई आग्रह गर्दछु।‘

दुई देशबीच सम्बन्धलाई प्रगाढ बनाउन उच्च स्तरीय भ्रमण आदान(प्रदान बढाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले अध्यक्ष वाङ्गलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो। उहाँले सिपिपिसिसी र नेपालको राष्ट्रिय सभाबीचको सहकार्य तथा सम्बन्ध बिस्तारमा प्रतिबद्ध रहेको बताउनुभयो।
सो अवसरमा सिपिपिसिसी अध्यक्ष वाङ्गले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा अरनिको र भृकुटीका समयदेखि सुमधुर तथा कुटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गर्नुभयो।

उहाँले दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँहरूले दुई देशको सरकार र संसदबीच सहकार्यका लागि आ-आफ्नो तर्फबाट भूमिका निर्बाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १५:५६ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...