back
NMB ad

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड सोमबार हुने, आइपीओ हात पार्न भाग्यकै भर

Kumari bank ad

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते)बाँडफाँड हुने भएको छ ।

सोमबार बिहान १० बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्ने तय भएको प्रभु क्यापिटलले जानकारी गराएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । यता, खप्तडको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार अन्तिम दिन अर्थात भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा निकै धेरै आवेदन परेका कारण खप्तडको आइपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १६:४८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...