back
NMB ad

सत्यदीप ग्रुपले लन्च गर्यो प्रोडक्ट र भेइकल अनुसार जेन्युइन पार्ट्सको क्याटलग

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ ।

भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक कार्यक्रमका बीच सो लन्चिङ कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोसका कन्ट्री हेड रितुन्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताए ।

गुप्ताले आगामी दिनमा सबै प्रदेश स्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताए । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरुको कार्यमा सहयोग पुग्ने अपेक्षा उनले गरे ।
सो कार्यक्रममा केही दुई पांग्रे सवारी साधनका ग्राहकको समेत उपस्थिति थियो ।

उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपको वारेमा समेत जानकारी आदानप्रदान गरिएको थियो ।

क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोस जस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् ।

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १६:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...