back
NMB ad

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ्ग सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७७ जिल्लामा बैंकको २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८९० सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १७:०२ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...