back
NMB ad

गाईजात्रामा देखाइएका नाचमध्ये ख्याल प्याखंबाट ख्वप कलेज प्रथम

Kumari bank ad

भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ । २९ साउनदेखि २ भदौसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नटकका निर्देशकद्वय श्यासुन्दर शिल्पकार र राजेन्द्र श्रेष्ठ उत्कृष्ट निर्देशक घोषित भए ।

परम्परागत नाचहरूलाई प्रवर्द्धन गर्न भनी नगरपालिकाले जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाचका विधाहरूको मूल्यांकन गरी प्रत्येक वर्ष पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । जात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा यहाँं टोलटोलबाट सांस्कृतिक प्रदर्शन हुने गर्दै आएको छ ।

नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ ।

गाईजात्राका क्रममा यहाँं दुई दर्जन विधाका सयौं प्याखं ९नाच० पनि देखाइन्छ । यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् । साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छ ।

साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...