back
NMB ad

भ्रष्ट्राचार विरुद्ध निशाना प्रदर्शन

Kumari bank ad

धनगढी । भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो ।

नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गरेकी हुन् ।

उपसभामुख जोशीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताइन् । कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा सतर्क रहन बनाएको उनले बताए । उनले कार्टुनबाट प्रस्तुत विषयले दीर्घकालिन रूपमै प्रभाव पार्ने बताइन । कार्टुन, चलचित्र, नाटक लगायतका कलाले समाजलाई सही बाटोमा दोहोर्‍याउन मद्दत पुगाउने गरेको उनले बताइन् ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित काटुनिष्ट वासु क्षितिजले संघीयतामा मुलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतिनिधि र नागरिकहरूलाई सतर्क बनाउन धनगढीमा निशाना सुरु गरिएको बताए । विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् ।

प्रदर्शनीमा सहभागीहरूले निशानाले समाजको यर्थाथलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताएका छन् । उद्घाटन समारोहमा कार्टुनिष्टका सल्लाहकार अविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, वरिष्ठ पत्रकार चित्रांग थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:३२ मा प्रकाशित

You can share this post!

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०४

दमौली (तनहुँ), २ वैशाख : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन...

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०१

काठमाडौँ, २ वैशाख : विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

वि.सं.२०८१ वैशाख २ आइतवार २०:५७

काठमाडौँ, २ वैशाख : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार)...

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

वि.सं.२०८१ वैशाख २ आइतवार १९:४६

नयाँदिल्ली, २ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो...

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

वि.सं.२०८१ वैशाख २ आइतवार १८:०२

काठमाडौँ, २ वैशाख : अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन...

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख २ आइतवार १७:४०

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको...