back
NMB ad

लमजुङका युवा लाखे नाच ब्युँताउन जुटे  

Kumari bank ad

लमजुङ । नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ ।

मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन् ।  विगतमा लमजुङमा गाउँ र टोल बजारमा लाखे नाच्ने चलन थियो । लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो । बीचका केही वर्ष कोरोना लगायतका विविध  कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन ।

स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि १ भन्नेमा चिन्तित थिए । तर, यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन् ।

लाखे नाच संरक्षणका लागि नेवार समुदायका साथै अन्य समुदायका नयाँ पुस्तालाई पनि आवश्यक ज्ञान, सिप सिकाइनुका साथै विभिन्न पर्व, अवसरमा लमजुङ, तनहुँ, गोरखा र कास्की लगायतका जिल्लाका नागरिकलाई समेत समेटी लाखे नाच प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको नेवा खल  सुन्दरबजार नगरपालिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

लाखे नाचको आफ्नै धार्मिक एवम् सांस्कृतिक महत्त्व छ । तिथिअनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भई तीज पञ्चमीमा अन्त्य गरिने र यस अवधिमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको बेसीसहर नगरपालिका–११ चितीका अमृतकुमार श्रेष्ठले बताए ।

यसवर्ष पनि ती पर्वको अवसरमा लमजुङमा लाखे नाच देखाइएको थियो । लाखे नाच्ने, लाखे नाचका लागि ढलकी, झ्याली बजाउने, र्‍यालीमा सहभागी हुनेमा युवापुस्ताको बाक्लै उपस्थिति देखिन्थ्यो ।

पछिल्लो समय लाखे नाच लगायतका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरूको पनि साथसहयोग मिलेको छ । लमजुङे युवाहरू मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका र यसले संस्कृति संरक्षणमा थप जोड पुगेको लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारका युवा सरोजकुमार श्रेष्ठले बताए ।

वि.सं.२०७९ भदौ २६ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...