back
NMB ad

चोरको निसानामा पोखराका एटिएम मेसिन, दुई दिनमा २ वटा मेसिन फुटाए

Kumari bank ad

पोखरा । पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरु नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।

उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

यस्तै, मंगलबार राती पोखरा ६ लेकसाइडमा रहेको एनएमवी बैंकको एटिएम फुटाउन लागेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । खुकुरीले मेसिन फुटाएर पैसा चोरी गर्न लागेको अवस्थामा धादिङको त्रिपुरा सुन्दरी १ घर भइ पोखरा ८ बस्दै आएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् । उनलाई पनि कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

कास्कीमा हरेक महिना एटिएम फुटाउने घटना बढिरहेको छ । अहिले चोरको निसानामा बैंकका एटिएम परेका छन् ।

वि.सं.२०७९ असोज ४ मंगलवार १९:५२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...