back
NMB ad

लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

Kumari bank ad

विशाल बस्नेत, महोत्तरी । प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।

सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट(१० लेखिएको २५ (पच्चिस) पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० (सात सय पचास) चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ (चौरान्बे) पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ असोज ४ मंगलवार २०:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...