back
NMB ad

आज ५ असोज २०७९, बुधबार : थाहा पाउनुहोस् आजको राशिफल

Kumari bank ad

आजको पात्रो : ५ असोज २०७९, बुधबार । तद्नुसार २१ नोभेम्बर २०२२ । आश्विनकृष्णपक्ष एकादशी, आजको एकादशीलाई इन्दिरा एकादशी भनिन्छ ।

बब करण, पुष्य नक्षत्र, परिध योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज सूर्योदय ०५ः५२ मा भएको छ भने सूर्यास्त ०६ः०३ मा हुनेछ । आजका देवता विश्वकर्मा, ग्रहदेव शनि हुन् ।

बुधबार घर गृहस्थीका काम गर्दा शुभ हुनेछ । आज बिहान ११ः३३ देखि १२ः२१ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । एकादशीको दिन व्रत गर्ने सनातनीले अन्न ग्रहण गदैनन् । आजको दिन भवन निर्माण र घरको सरसफाइमा ध्यान दिदा राम्रो हुनेछ । छोटो दुरीको यात्राको लागि आजको दिन शुभ मानिन्छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईंले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनबाट अपमान हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस  हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपजस आउनसक्छ । आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्टी प्राप्ति होला । मनमा अनेक कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु बेस हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ छ, आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएमा उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपार्इंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एक पटक सोच्नुहोला । यात्रा गर्नु छ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच विवाद हुनसक्छ । वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु वेश हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनु पर्ने हुनसक्छ । आजको दिन हरेक काममा सर्तकता अपनाउनुहोला । आफूले गरेको कामबाट निकै सन्तुष्टि मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

वि.सं.२०७९ असोज ५ बुधवार ०६:३३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...