back
NMB ad

आयोजना कार्यान्वयन निर्देशनालयबाट पुनः ठेक्का सम्झौता रद्द

Kumari bank ad

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले भारतको हैदरावादस्थित सिआइपिइएलसँग काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत खानेपानी वितरण सञ्जाल सुधार प्याकेज संचालनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति भएका सडकहरूको पुनःस्थापनाका लागि गरिएको सम्झौता रद्द गरेको छ ।

सिआइपिइएल हैदरवाद इन्डिया सम्झौता बमोजिम सडकको पुनःस्थापना गर्न असफल भएको र उक्त कम्पनीले तोकिएको अवधिमा क्षतिग्रस्त सडक पुनःस्थापना गर्न पटक पटक भएको सहमती समेत पालना नगरी काम अलपत्र छाडेकाले सम्झौता रद्द गरिएको छ ।

खानेपानीका पाइपहरू विछ्याउने क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति भएका सडकहरू पुनःस्थापनाका लागि सिआइपिइएलसँग सन् २०१६ को अक्टोबर ३ मा सम्झौता भएको र ठेक्का अवधि सन् २०१८ को डिसेम्बर ७ सम्म रहेको थियो भने सन् २०२० को डिसेम्बर २४ मा तेस्रो पटक म्याद थप समेत गरिएको थियो ।

तर सिआइपिइएलले सम्झौता बमोजिम सन् २०१७ को सेप्टेम्बरसम्ममा ६० किलोमिटर सडक पुनःस्थापना गरिसक्नुपर्नेमा जम्मा १० किलोमिटर सडक मात्र पुनःस्थापना गरेको, म्याद थप गर्दा समेत काममा प्रगति नदेखिएको, कार्यक्षेत्रमा आवश्यक संख्यामा कर्मचारी र कामदारहरू नखटाएको, पटक पटक चेतावनी दिँदा पनि सम्झौता बमोजिम काम नगरेको, पिआइडीसँग भएको सहमतिप्रति समेत इमान्दार नभएको र सडक पुनःस्थापनाको काम अलपत्र छाडेकाले सम्झौता रद्द गर्नुपरेको हो ।

सिआइपिइएलको आधिकारिक प्रतिनिधि नेपालका निर्माण व्यवसायी शारदा प्रसाद अधिकारी रहेका छन् ।

पिआइडीले सम्झौता रद्द गरे लगत्तै निर्माण व्यवसायीको पर्फरमेन्स सेक्युरिटी रू. ११ करोड जफत गर्नका लागि सम्बन्धित बैंकहरूमा पत्राचार गरिसकेको छ । साथै, मोबिलाइजेसन एड्भान्स पेमेन्ट रकम रू. १० करोड फिर्ताका लागि समेत सम्बन्धित बैंकहरूमा पत्राचार गरिसकिएको छ ।
काठमाडौं उपत्यकामा खानेपानी वितरण संजाल सुधार कार्यक्रम संचालनका क्रममा क्षति भएका सडकहरूको पुनःस्थापनाको बाँकी कामका लागि बैकल्पिक व्यवस्था गरिनेछ ।

यसअघि, गत भदौमा, चीनको साङ्घाईस्थित निर्माण कम्पनी सफबन वाटर सर्भिस ले सम्झौता अनुसार काम नगरेका कारण उक्त कम्पनीसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता रद्द गरिएको थियो ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार २०:०१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...