काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को लागि हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार १०:५८ मा प्रकाशित