back
NMB ad

४४.३३ प्रतिशतले घट्यो मेगा बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो ।

गत वर्षको यही अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।

यसअवधिसम्म सञ्चालन नाफा ४५.९९ प्रतिशत ले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यता, खुद ब्याज आम्दानी भने १८.६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो । चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ ।

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार ११:०९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...