back

निर्वाचन आयोगले माओवादी उम्मेदवार विना मगरलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं। १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ ।

मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ उल्लेख छ ।

सोही दफाको खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने’ व्यवस्था छ ।

‘उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ?,’ आयोगले स्पष्टीकरणपत्रमा मगरलाई सोधेको छ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

वि.सं.२०७९ माघ १५ आइतवार १७:५१

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश...

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...