काठमाडौं । आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज ४ करोड ३ लाख ५१ हजार बराबरको सेयर कारोबार भएको हो ।
बिहीबार बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.३९ प्रतिशत अर्थात प्रतिकित्ता १३ रुपैयाँले घटेर ५३२ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७५ हजार ४३६ कित्ता सेयर खरिदबिक्री भएको हो।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १५:३० मा प्रकाशित