back
NMB ad

लघुवित्तहरुले सार्वजनिक गरे पहिलो त्रैमासिक वित्तीय रिर्पोट, कुनको प्रगति कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौ । माइक्रोफाइनान्स कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

रिपोर्ट सार्वजनिक गर्ने अधिकांश लघुवित्तको नाफामा गिरावट आएको छ । यस अवधिसम्ममा १२ लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये ३ वटाले मात्र नाफा बढाउन सफल भएका छन् ।

खराब कर्जा बढ्नाले लघुवित्तहरुले थुप्रै रकम प्रोभिजनबापत छुट्याउनु परेको छ । जसको प्रत्यक्ष असर यिनीहरुको नाफामा देखिएको छ ।

अब हेरौं कुनको वित्तीय अवस्था कस्तो

राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशत घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ भने फि कमिशन तथा डिस्काउन्ट १७.८७ प्रतिशत बढेको छ। यता, कुल सञ्चालन आम्दानी २.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.२५ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १६१.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशत बढेको छ।

आरएसडीसी लघुवित्त

आरएसडीसी लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १०१.९८ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा कम्पनीले १ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा सञ्चालन नाफा ११२.८८ प्रतिशत ले बढेर ५ करोड ४६ लाख पुगेको छ । खुद ब्याज आम्दानी पनि ११९.३३ प्रतिशत ले बढेर ७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्नाले नाफा बढ्न पुगेको हो । लघुवित्तको वितरणयोग्य नाफा ३ करोड १० लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १० रुपैयाँ ३४ पैसा रहेको लघुवित्तको आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ६५ पैसा बढेर १८ रुपैयाँ ९९ पैसा पुगेको छ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ।

१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, यस तीन महिनामा लघुवित्तको सापटी ३९.९५ प्रतिशत बढेको छ भने कर्जा ३७.६६ प्रतिशत बढेको छ।

सिवाइसी नेपाल लघुवित्त

सिवाइसी नेपाल लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ ।

खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशत ले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो । यसले गत वर्ष राइट ब्याक बापत १ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो ।

सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा छ । यसको खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशत कायम भएको छ ।

एनआईसी एसिया लघुवित्त

एनआईसी एसिया लघुवित्तले ६ करोड ५७ लाख ९५ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २९ करोड ५२ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिक प्रतिसेयर आम्दानी ३१.०३ रुपैयाँले घटेर १५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।

ग्रामीण विकास लघुवित्त

ग्रामीण विकास लघुवित्तले लघुवित्तले १ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

गत वर्षको यही अवधिमा संस्थाले ९ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा संचालन नाफा पनि भारी मात्राले घटेको छ ।

उक्त नाफा १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष सो नाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ६ अर्ब ३८ करोड १३ लाख सापटी लिएर १३ अर्ब २४ करोड ५१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

खुद ब्याज आम्दानी पनि २७.२३ प्रतिशतले घटेर २ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । संचालन नोक्सानमा रहेकाले यसको खुद नाफामा असर परेको हो ।

साथै, संस्थाले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ प्रोभिजन व्यवस्थापनका लागि छुट्याएको छ । जसले गर्दा खुद नाफा प्रभावित बनेको हो ।

कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा नोक्सानमा रहेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ ।

सिभिल लघुवित्त

सिभिल लघुवित्त वित्तीय संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा ४९.४९ प्रतिशतले बढी हो । गत वर्ष भने १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी ८.३१ प्रतिशतले सुधार भएपनि इम्पेयरमेन्ट चार्ज बढी हुँदा सञ्चालन नाफामा ४९.४९ प्रतिशतले गिरावट आएको छ । जसका कारण खुद नाफा पनि घटेको हो ।

खराब कर्जा १.८८ प्रतिशतबाट बढेर २.६० प्रतिशत पुगेको छ । खुद नाफा घटेपछि असोज प्रतिसेयर आम्दानी पनि गत वर्षको भन्दा ९ रुपैयाँ ९१ पैसाले कमी आएर १० रुपैयाँ ११ पैसामा सीमित भएको छ ।यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।

आँधिखोला लघुवित्त

आँधिखोला लघुवित्तले चालु आवको पहिलो त्रैमाससम्म लघुवित्तले १९ लाख ८९ हजा रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ७८.७१ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा १ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिसम्म जम्मा १ करोड ३४ लाख रुपैयाँ मात्रै यस्तो आम्दानी गरेको छ ।

त्यस्तै, गत आवको पहिलो त्रैमाससम्म ९६ लाख १४ हजार रुपैयाँ रहेको संचालन मुनाफा यस अवधिसम्म ९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, समिक्षा अवधिसम्म लघुवित्तको खराब कर्जा समेत थोरै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा घट्न पुगेको हो ।
नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसाले घटेर ७ रुपैयाँ ९६ पैसामा कायम हुन पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ भने ५८ रुपैयाँ १५ पैसा बढेर २३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

ग्लोबल आइएमई लघुवित्त

ग्लोबल आइएमई लघुवित्तले २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८.१५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा ९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो लघुवित्तको वितरण योग्यनाफा १ करोड ४२ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्नाले यसको खुद नाफामा असर गरेको हो । साथै, इम्पेयरमेन्ट चार्ज पनि ३६ प्रतिशतले बढेर ३ करोड ८४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.७३ प्रतिशत पुगेको छ ।

समिट लघुवित्त

समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ५२.८१ प्रतिशतले कम हो ।

गत वर्ष समिटले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको खुद ब्याज आम्दानी ९.११ प्रतिशत र सञ्चालन नाफा ५२.८१ प्रतिशतले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३९ रुपैयाँ ८८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २४ रुपैयाँ ८८ पैसाले घटेर १५ रुपैयाँमा झरेको छ ।

हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड १७ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने २.५६ प्रतिशतबाट घटेर २.२५ प्रतिशत भएको छ ।

सिवाइसी नेपाल लघुवित्त

लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ ।

खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशतले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो । यसले गत वर्ष राइट ब्याक बापत १ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो । सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा छ ।

छिमेक लघुवित्त

छिमेक लघुवित्तको खुद नाफा ५३।७१५ ले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५२.७४ प्रतिशतले घटेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १६:३६ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...