काठमाडौं । बीमा समितिले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरेको हो ।
गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार भोलि अर्थात कार्तिक २२ गतेबाट हालको बीमा समिति स्वतः नेपाल बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । ऐन लागु हुने भएसँगै नयाँ लोगो सार्वजनिक गरिएको हो ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १६:४६ मा प्रकाशित