
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार ११:४३ मा प्रकाशित