काठमाडौं । एनएमबि बैंक लिमिटेडले पनि सिआस्वा शुल्क नलिने भएको छ ।
यसअघि ५ रूपैयाँ शुल्क लिएर सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने निःशुल्क सिआस्वा शुल्क प्रदान गर्ने भएको हो ।
योसँगै निःशुल्क सिआस्वा सेवा प्रदान गर्ने बैंकहरूको संख्या ८ पुगेको छ । सिद्धार्थ बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले पनि सिआस्वा शुल्क लिँदैनन् ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:०९ मा प्रकाशित